बलिउड अभिनेता अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरे । अक्षयले कोरोना भाइरससँग लड्नका लागि यो रकम सहयोग गरेका हुन् । अक्षय मात्र होइन, बलिउडका र विभिन्न प्रान्तिय फिल्मका कलाकार पनि यो कुरामा अगाडि सरेका छन् ।

तर, नेपाली कलाकार भने यस्तो बिषयमा मौन बसेको भन्दै सामाजिक संजालमा प्रश्न उठ्न थालेको छ । नेपालमा पनि महंगो कमाई गर्ने कलाकार, निर्देशक, निर्माता छन् । तर, यस्तो बिषय परिस्थितीमा ती चलचित्रकर्मीले कुनै पनि खालको सहयोग नगरेको भन्दै आलोचना हुन थालेको छ ।

कलाकारहरुले सामाजिक सचेतना जगाउनका लागि विभिन्न खालका भिडियोहरु पोष्ट गरेपनि सहयोगका लागि कुनै पनि तवरले कदम अगाडि बढाएका छैनन् । यस्तो बेलामा कलाकारहरुले पनि यसको पहल गर्न आवश्यक छैन र ?

For More videos Log on to Mazzako TV