नायिका पूजा शर्मा अहिले युटुबमा छाएकी छिन् । उनी युटुबमा २ कारणले छाएकी हुन् । एउटा कारण त, नायिका शर्मा अभिनित सिनेमा पोई पर्यो काले युटुबमा रिलिज भएसँगै दर्शकको नजरमा बसेको छ । सार्वजनिक भएको २ दिनमै यो सिनेमाले २० लाख भन्दा बढी भ्यूज युटुबमा पाएको छ ।

साथै, यो सिनेमा युटुबको पहिलो नम्बरमा समेत छ । यसैले यतिबेला नेपालको युटुबमा पुजाको वर्चस्व छ । अर्कोतिर, अभिनेत्री पूजा शर्माले नै अभिनय गरेको सिनेमा प्रेमगीतले युटुबमा २ करोड भ्यूज पाएको छ ।

आजसम्म कुनै पनि नेपाली सिनेमाले युटुबमा यति भ्यूज पाएको थिएन । यसैले, यी दुई कुराले पनि लक डाउनको समयमा पूजाको क्रेज युटुबमा देखाएको छ ।

For More videos Log on to Mazzako TV