अभिनेत्री पुजा शर्मा अहिले घरमा छिन । उनी करिब ५ दिनदेखि घरमै छिन् । घरमा बसिरहेकी पुजालाई समय बिताउन पनि समस्या परिरहेको छ । घरमा बस्दा कलाकारहरुले सामाजिक संजालबाट सचेतना जगाउने काम पनि गरेका छन् ।

अभिनेत्री शर्माले पनि घरमै बस्न र सुरक्षित रहन अपिल गरेकी छिन् । उनी घरमा रहँदा लुडो खेल्ने, फिल्म हेर्ने गरेको बताउँछिन । सरकारले एक साताका लागि लक डाउन गरेसँगै पुजाका सबै कामहरु रोकिएका छन् । उनी अभिनित सिनेमा म यस्तो गीत गाउँछुको दोश्रो सिरिज चैत्रको अन्तिम साताबाट रिलिज हुने तयारीमा थियो ।

तर, यो सिनेमा कोरोना भाइरसको त्रासकै कारण रिलिज हुन सकेन । आफनो घरको कोकोसँग खेलेर समय बिताएको पुजा बताउँछिन् ।

For More videos Log on to Mazzako TV