कोरोना भाइरसको त्रासका कारण विश्व लक डाउनमा छ । विश्वका अधिकांश देशका मानिस घर भित्र लक डाउन भएका छन् । यो विचमा आम नागरिक देखि कलाकारले विभिन्न सन्देशमुलक कुराहरु शेयर गरिरहेका छन् । यही विचमा अभिनेता पल शाहले एउटा तस्वीर शेयर गरेका छन् ।

यो तस्वीरले धेरै कुरा बोलेको छ । पलले शेयर गरेको तस्वीरमा एक डाक्टरको बच्चाको कुरा छ । मेरो ममी तपाईहरुका लागि काम गर्दै हुनुहुन्छ, तपाइहरु मेरो ममीका लागि घरमै बस्नुहोस् भन्ने सन्देश यो तस्वीरमा छ । कोरोनाबाट बच्नका लागि सामाजिक दुरी कायम गर्न र भिडभाडमा नआउनु नै मुख्य माध्यम हो ।

अभिनेता पल शाहले अभिनय गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को रिलिज कोरोना त्रासका कारण सरेको थियो ।

For More videos Log on to Mazzako TV