४ बर्ष अगाडि नेपालमा शक्तिशाली भुकम्प गयो । यो भुकम्पले नेपाली फिल्मलाई पनि थिच्यो । हलमा चलिरहेका सिनेमाको शोज बन्द भयो । सिनेमा हलमा चलेपनि दर्शक हलसम्म आउन डराए । सिनेमाको व्यापार अस्तव्यस्त भयो । नेपाली सिनेमालार्य बाटो समात्न फेरि समय लाग्यो ।

वैशाखमा गएको भुकम्प र यसपछिको नाकाबन्दीले सिनेमा क्षेत्र तहसनहस भएको थियो । तर, बल्ल बाटो समातेको नेपाली सिनेमालाई अहिले फेरि कोरोना भाइरसको त्रासले पिरलेको छ । फागुणको अन्तिम साताबाट रिलिज हुन लागेका सबै सिनेमाको रिलिज मिति स्थगित भयो । हलहरु वैशाखको १८ गतेसम्म बन्द छन् ।

तर, हल खुलेपछि भने अवस्था के होला भन्न सकिने अवस्था छैन् । किनकी, विश्वका सबै देशका सिनेमा पछि सरेका छन् । यी सिनेमाले पनि कोराना त्रास सकिएपछि रिलिज मिति तय गर्नेछन् । यसैले नेपाली फिल्मले ती सिनेमासँग जुध्नु पर्नेछ । सिनेमा हेर्न हलमा दर्शक कहिलेबाट फर्किनेछन भन्ने पनि एकिन छैन् । अहिलेको माहोल हेर्दा दशै अगाडि सिनेमाको माहोल फेरि सही बाटोमै आउला भन्न मुश्किल छ ।

यसैले, नेपाली सिनेमाको अवस्था कोरोनाको महामाहारी सकिएपछि पनि बाटोमा आउन लामै समय लाग्नेछ ।

For More videos Log on to Mazzako TV