नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही दिन अगाडि मात्र बेलायतबाट फर्किएकी हुन् । तर, उनी बेलायतबाट फर्किएसँगै उनमा चिन्ता बढेको छ । उनीहरु नेपाल फर्किएको तीन साता भयो । लण्डनमा नायिका शाहले भगवती रानाभाटलाई भेटेकी थिइन् । भगवती अहिले कोरोना संक्रमणमा छिन् र उपचार गराइरहेकी छिन् ।

साम्राज्ञीले भगवतीलाई आफुले पहिले नचिनेको र लण्डनमा तस्वीर मात्र खिचाएको बताएकी छिन् । तर, यसो गर्दा पनि उनमा डर भने छ । किनभने, भगवती आफैले कोरोना संक्रमण भएको बताएपछि निर्मात्री पुनम गौतमले पनि आफु घरमै रहेको र स्वस्थ रहेको बताइसकेकी छिन् ।

साम्राज्ञीले पनि आफु स्वस्थ भएको बताएकी छिन् । तर, पनि उनको मनमा डर भने छ । उनी परिवारसागै समय बिताइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV