अभिनेत्री वर्षा सिवाकोटी फुर्सदिलो बनेकी छिन । उनी मात्र होइन, नेपाली फिल्मका सबै कलाकार नै फुर्सदिलो छन । सरकारले आजबाट एक साताका लागि लक डाउन गरेसँगै सबै कलाकार घरमै छन । तर घरमै बसेपनि स्वास्थ्यलाई पनि ख्याल गर्न अभिनेत्री वर्षा सिवाकोटीले अपिल गरेकी छिन ।

उनले फेसबुकमा एउटा भिडियो पोष्ट गरेकी छिन । भिडियोमा उनी व्यायम, जीम र योगा गर्दै गरेको अवस्थामा देख्न सकिन्छ । वर्षाले यो समयमा लक डाउनको सदुपयोग गर्न अपिल गरेकी छिन । वर्षा केही वर्षदेखि स्वास्थ्यलाई लिएर सजग छिन ।

कुनै समय उनलाई मोटी भनेर पनि धेरैले आलोचना गरेका थिए । अहिले भने वर्षाको फिगरको चर्चा हुने गरेको पाइन्छ । वर्षाले स्वस्थ रहन र व्यायम गर्न सुझाव दिएकी हुन ।

For More videos Log on to Mazzako TV