सिनेमा ए मेरो हजुर ४ को छायांकन रोकिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको त्रासका कारण यो सिनेमाको छायांकन रोकिएको हो । यो सिनेमाको छायांकन नेपालपछि युरोप र ओमानमा गर्ने तयारी गरिएको थियो । तर, अब यो सिनेमाको छायांकन विदेशमा नहुने भएको छ ।

कोरोनाले गर्दा केही महिना विदेश जाने संभावना छैन । यही भएर पनि यसको टिमले अब युरोपमा गर्ने भनिएको छायांकन नेपालकै लोकेशनमा गर्ने तयारी गरेको छ । तर, सिनेमाको छायांन फेरि कहिले सुरु हुन्छ भन्ने पक्का छैन ।

किनकी, अहिले कोरोनाका कारण विश्व बजार नै ठप्प छ । सिनेमा ए मेरो हजुर ४ लाई झरना थापाले निर्देशन गरिरहेकी छिन । यो सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भुमिका छ ।

For More videos Log on to Mazzako TV