गायिका प्रविशा अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशाको स्वर रहेको ‘बतास’ बोलको म्युजिक भिडियो आफ्नै युट्युबमा सार्वजनिक गरेकी हुन् । गीत रिलिज भएको छोटो समयमा सकारात्म प्रतिक्रिया पाईरहेको छ । युट्युबमा सबै जसो कमेन्टहरु सकारात्मक छन् ।

गीतमा रमेश दाहालको शब्द सृजना तथा कमल खनालको सङ्गीत र एरेन्ज रहेको छ । सार्वजनिक भिडियोलाई सान थापाको निर्देशन गरेका हुन् । गीतको भिडियोमा गायिका प्रविशा नै प्रस्तुत छिन् ।

अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । पछिल्लो समय प्रविशा नेपाली फिल्मको पाश्र्व गायनमा समेत रुचाइएकी गायिकामा पर्छिन् । फिल्म ‘रोज’ को ‘फूल होइन्, प्रेमगीतको शिर्ष गीत ‘हर युग होस’ लगायत गीत बाट उनले मज्जाको प्रतिक्रिय पाइन् ।

For More videos Log on to Mazzako TV