फरक शैलीका सिर्जना गर्दै अएका संगीतकार एवम् रचनाकार मनिष वशिष्ठको सर्ट फिल्म ‘बाघ’ सार्वजनिक भएको छ । कथा, स्क्रिप्ट तथा कन्सेप्ट मनिष बशिष्ठकै रहेको छ । सार्वजनिक उक्त सर्ट फिल्म बाघमा जीवन भट्टराईको अभिनय छ ।

सन् २०१३ मा नेपालको बर्दियामा रहेको एक ग्रामिण भेगमा एक नरभक्षी बाघले मच्चाएको आतंकसंग सम्बन्धित रहेर बाघु निर्माण गरिएको बताइएको छ । निकेश खड्काको निर्देशन तथा पटकथा रहेको सर्ट मुभी बाघमा होमीसाइडल सोम्नाबुल्जिमको बारेमा कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

होमीसाइडल सोम्नाबुल्जिम भनिने होमीसाइडल स्लिपवाकिङ वा स्लिपिवाकिङ मर्डर निन्द्रैमा हिड्ने बेला कसैको हत्या वा वध गर्ने एक डिसअर्डर हो । यसकै कथामा रोचक शैलिमामा प्रस्तुत गरिएको छ । निन्द्रैमा हिड्ने बेला कसैको हत्या गर्ने घट्ना यदाकदा हुने भएकोले यसकै आधारमा सर्ट मुभी बनाइएको निर्माण टिमले जनाएको छ । बुद्ध लामाको सिनेमेटोग्राफी रहेको मुभीमा सम्पादन रुपेश खड्का र ओम पौडेलले गरेका हुन् भने ग्राफिक्स ओम पौडेलले नै गरेका हुन्।

लक्ष्मि बर्देवाको साहयाक निर्देशन रहेको सर्ट मुभीमा संगीत मनिष बशिष्टकै रहेको छ । लगभग १३ मिनेट लामो सर्टमुभीलाई सकारात्मक प्रतिक्रिया दिईएकोछ ।

For More videos Log on to Mazzako TV