चर्चित गायक खगेन्द्र यक्सो र आभा मुकारुङको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक गीतमा आधारित ‘बित्ला है जोवन’ बोलको गीत युमा आर्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सुबी राईको शब्द संगीत रहेको गीत लिम्बु संस्कृति, भेषभुषामा आधारित छ । गीतलाई बलराम समालले एरेन्ज गरेका हुन् ।

भिडियोलाई संखुवासभा र तेह्रथुमको रमणिय स्थानहरु तिनजुरे, मंगलबारे, चौकी, म्याङलुङ्ग, जिरिखिम्तीबजार लगायतमा स्थानमा छायांकन गरिएको छ । साथै जिरिखिम्तीको ऐतिहासिक खरुण्डे मेला, बसन्तपुरका रमणिय दृष्यहरुको समावेश गरिएको भिडियोलाई गायक खगेन्द्र यक्सोले निर्देशन गरेका हुन् । सार्वजनिक भएको म्युजिक भिडियो शिर कुमार साम्पाङ्गले खिचेका हुन् ।

भिडियोमा योगेन राई र आशा चोङ्बाङसंगै बुद्धबिर चोङ्बाङ, चन्द्र फागो, पत्रकार टि आर सेनेहाङ, देबेन्द्र चोङ्बाङ, सीता तुम्बाहाङ्फे, अमृता लिम्बु, बिक्की थापा मगर लगायतको अभिनय छ । गाउँघरमा बजार गाएको बेलाको रमाइलो क्षण लाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको भिडियोलाई देओ कृष्ण देवानले कोरियोग्राफी गरेका हुन् । भिडियोमा रोयल डान्स सेन्टर धरानका कलाकारको बेजोड नृत्य समेत हेर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV