चर्चित गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । अवार्ड किंग भनेर चिनिने गायक चौलागाईंको ‘देवतालाई भाकी…’ बोलको गीत सार्वजनिक भएको हो । गीत चौलागाईंले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । चितवनको मेघौलीमा खिचिएको भिडियोमा अभिनयसमेत गरेका गायका चौलागाईं हात्ति र प्रकृतिप्रेमी देखिएका छन् । गीतको भिडियोमा गायक चौलागाईंसँगै नायिका मेनुका प्रधानले अभिनय गरेका छन् ।

कौशिला खनालको शब्द रचना रहेको गीतमा संगीत गायक स्वयम्को छ । उदयराज पौडेलले एरेन्ज गरेको गीत स्यामस्वेत रसाइलिले मिक्सिङ गरेका छन् । जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । भुषण दाहालले निर्देशिन म्युजिक भिडियो कलात्मक ढंगले निर्माण गरिएको छ । माया प्रेमसंगै जनावार र प्रकृतिको रक्षाको सन्देश भिडियोमार्फत दिन खोजेको गायक चौलागाइले बताए ।

For More videos Log on to Mazzako TV