सिनेमा ए मेरो हजुर ४ को छायांकन रोकिएको छ । सिनेमाको निर्माण टिमले एक सूचना जारी गर्दै छायांकन रोकिएको बताएको छ । विगत केही दिनदेखि यो सिनेमाको छायांकन राजधानी बाहिर भैरहेको थियो । तर, कोरोनालाई लिएर सरकारले २५ जना भन्दा बढी एकसाथ हिडडुल नगर्न आदेश दिएसँगै सिनेमाको छायांकन पनि प्रभावित भएको छ ।

सिनेमाकी निर्देशक झरना थापाले यसबाट प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेकी छिन् । सिनेमा ए मेरो हजुर ४ मा अभिनेता अनमोल केसी, सलोन बस्नेत र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ ।

आउँदो बर्षको दर्शलाई सिनेमाको प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको छायांकन चाडै नै सुरु हुने विश्वास निर्देशकको छ ।

For More videos Log on to Mazzako TV