सिनेमा चपली हाइट ३ रिलिज भएपछि अभिनेत्री सुपुष्पा भट्टको परिचय फेरिन सक्छ । किनकी, सुपुष्पा भट्ट रणवीर सिनेमामा सोझी यूवतीको रुपमा देखिएकी थिइन् । तर, चपली हाइट ३ मा उनी हट विकिनी अवतारमा देखिएकी छिन् ।

सिनेमाको निर्माताले सार्वजनिक गरेको तस्वीरमा उनको विकिनी अवतार हेर्न सकिन्छ । स्विमिङ पूलमा सुपुष्पाको यस्तो अवतार देखिएको हो । अर्जुन कुमारले निर्माण गरेको यो सिनेमामा निकेश खड्काको निर्देशन छ । सिनेमा चैत्र २८ गतेबाट रिलिज हुने बताइएपनि कोरोना भाइरसको प्रभावका कारण के हुन्छ भन्ने एकिन छैन ।

सिनेमा चपली हाइट ३ मा स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV