फिल्म परदेशी २ को छायांकन पोखरामा भैरहेको छ । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको यो सिनेमाको मुख्य कलाकार प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटी छन् । तर, अब यो सिनेमामा अर्का एक चर्चित अभिनेताको पनि प्रवेश भएको छ ।

अभिनेता दीलिप रायमाझीले सिनेमामा काम गरिरहेका छन् । नारायण रायमाझीको निर्देशनमा यो सिनेमा बनिरहेको छ । सिनेमाको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । यो सिनेमामा दीलिपको प्रवेश भएपछि यसका मुख्य अभिनेता प्रकाश सपुत दंग देखिएका छन् ।

उनले आफ्ना आइडलसँग स्क्रिन शेयर गर्न पाएको भन्दै खुशी व्यक्त गरेका हुन् । उनले, सुटिङ हुँदा आफूलाई कहिलेकाही रियलमा भैरहेको छ या छैन भन्ने पनि लागेको बताए । उनले कहिलेकाही आफू गहिरो निन्द्रामा छु कि भनेर पनि प्रश्न गरेका छन् ।

यो सिनेमाले अध्ययन गर्न विदेश गएका यूवायूवतीको कथालाई प्रस्तुत गरेको छ । रमेश वीजी यो सिनेमाका लेखक हुन् ।

For More videos Log on to Mazzako TV