चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार भएको संघको ८ औं केन्द्रीय महाअधिवेशनमा अध्यक्षका प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै सिटौला अध्यक्षमा विजयी भएका हुन् । सिटौलाले ७० मत प्राप्त गरे भने डब्बु, गीता र अनिलले क्रमश ३९, १४, १४ मत प्राप्त गरे ।

संघको कार्यक्रम उपाध्यक्षमा कुवेर गिरीलाई पछिपार्दै जीवन पराजुली निर्वाचित भए । पाराजुलीले ७४ मत पाउदा उनका प्रतिद्धन्द्धी गिरीले ६३ मत प्राप्त गरे । संघको संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा भने निर्विरोध भए । संघको महासचिवमा ८८ मतका साथ समिर बलामी निर्वाचित भए । महासचिवका प्रत्यासी बैकुण्ठराज पराजुलीले भने ५० मत प्राप्त गरे ।

सचिवमा १०५ मत प्राप्त गर्दै रघुनाथ सापकोटा विजयी भए । सचिवका प्रत्यासी राम खड्काले ३१ मत प्राप्त गरे । समावेशी सचिवतर्फ विशाल राई निर्विरोध हुँदा कोषाध्यक्षमा प्रदीप कार्की निर्वारोध भए । संघको सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वा्चित भए । ६२ मतका साथ पोखरेल निर्वाचित हुँदा सह–कोषाध्यक्षका प्रत्यासी लेख बहादुर आचार्यले ६० मत प्राप्त गरे ।

त्यस्तै संघको कार्यसमिति सदस्यमा नविन गिरी १०५ मत, अन्जान दाहाल (मनिष) ८२ मत, मिलन ढुंगाना ७६ मत, गोपिकृष्ण चापागाईँ ७५ मत, गणेश वली ६९ मत र सृष्टि पोख्रेल ६६ मतका साथ निर्वाचित भए । महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध भए ।

For More videos Log on to Mazzako TV