अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले निकै नै भव्य तरिकाले बिहे गरे । आँचल र उदिप बिहे पार्टीमा हेलिकप्टरमा आएका थिए । यसले पनि उनीहरुको बिहेको चर्चा अझै बढी छ । अझ, अभिनेत्री आँचल शर्माले बिहेको भोजमा लगाएको लेहेंगाको चर्चाले माहोल गर्माएको छ ।

आँचलले पार्टीमा १६ लाखको लेहेंगा लगाएकी थिइन् । उनले लगाएको लेहेंगा भारतमा डिजाइन गरिएको हो । भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीले यो लेहेंगाको डिजाइन गरेका हुन् । उनले बनाएका लेहेंगा महंगो हुन्छन् ।

आँचलले करिब २ महिना लगाएर यो लेहेंगा तयार भएको बताएकी छिन् । पार्टीमा लेहेंगा लगाएर पुग्दा आँचललाई असहज भएको थियो । आँचललाई पहिरन सम्हाल्नै गाह्रो भएको प्रष्ट थियो । यस्तै, आँचलले पार्टीमा ६० लाखको गहना लगाएको पनि चर्चा छ ।

For More videos Log on to Mazzako TV