अभिनेत्री नम्रता सापकोटा अहिले सिनेमा डेसानमा काम गरिरहेकी छिन् । यो सिनेमाको छायांकन नवलपरासीमा भैरहेको छ । यो सिनेमामा नम्रता विवाहित महिलाको भूमिकामा छिन् । नम्रताका अनुसार, उनले सिनेमामा स्वार्थी महिलाको भूमिका निर्वाहा गरिरहेकी छिन् । उनले पहिलो पटक सिनेमाको पर्दामा नकारात्मक भूमिका निर्वाहा गरेकी हुन् ।

सिनेमामा उनलाई भोलाराज सापकोटा, निशान चौहान लगायतले साथ दिएका छन् । सिनेमालाई कमल मगरले निर्देशन गरिरहेका छन् । यो सिनेमालाई एक भाइरल रोगको कथा भन्छ । एउटा गाउँका मानिसहरुले कुनै बिषयमा कसरी एकसाथ भएर प्रतिकार गर्छन् भन्ने कथा सिनेमामा छ ।

For More videos Log on to Mazzako TV