आजबाट चौथो हप्तामा प्रवेश गरेको सिनेमा आमाले नाफा आर्जन गरिरहेको निर्माता शर्मिला पाण्डेले जनाएकी छिन् । फागुणको ९ गतेबाट रिलिज भएको यो सिनेमा आजबाट चौथो हप्तामा प्रवेश गरेको छ । सिनेमाको लगानी उठिसकेको र नाफामा गैसकेको जारी विज्ञप्तीमा उल्लेख छ ।

सिनेमा आमाका निर्देशक दिपेन्द्र के खनालले दर्शकले यो बिषय परिस्थितीमा पनि सिनेमालाई माया दिएको भन्दै दर्शकलाई धन्यवाद दिएका छन् । यो बर्ष नाफा कमाउने कम सिनेमामा आमा पनि परेको छ । सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । तीन आमाको कथामा यो सिनेमा बनेको छ ।

For More videos Log on to Mazzako TV