फिल्म म यस्तो गीत गाउँछु २ को रिलिज मिति पछि सरिसकेको छ । फागुण ३० अर्थात भोलीबाट रिलिज हुने भनिएपनि कोरोना त्रासका कारण सिनेमाको प्रदर्शन मिति पछि सारिएको हो । तर, यो सिनेमामा समावेश तिम्रो घरको वरिपरीलाई भने करोड भ्यूज मिलेको छ ।

सार्वजनिक भएको २ महिनामा यो गीतलाई १ करोड भ्यूज मिलेको हो । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ । यो गीतलाई युटुबमा करिब २ लाख लाइक्स मिलेको छ ।

१४ हजार भन्दा बढीले यो गीतमा प्रतिक्रिया दिएका छन् । सुदर्शन थापाले यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमाको प्रदर्शन मिति केही दिनमै तय गरिने निर्माताले बताएका छन् ।

For More videos Log on to Mazzako TV