नेपालकै चर्चित संचारकर्मी नरेश भट्टराईले म्युजिक भिडियोमा अभिनय गरेका छन् । निकै लामो समयको ग्यापपछि संचारकर्मी भट्टराई म्युजिक भिडियोमा कमब्याक भएका हुन् । सपन राईको ‘बाटोको काँडा’ बोलको गीतमा भट्टराइले नायिका रेबिका गुरुङसंग रोमान्स गरेका हुन् । झन्डै डेढ दर्जन गीतमा अभिनय गरेका भट्टराई पछिल्लो समय विज्ञापन र टिभी कार्यक्रमसंगै स्टेज शोमा व्यस्त छन् । भिडियोको निर्देशन मिलन चाम्सले गरेका हुन् ।

गायक राई लामो समय देखि लण्डनमा रहेर पनि नेपाली गीतसंगीतमा उत्तिकै सक्रिय रहेका छन् । तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको गीतमा सहाश शाक्यको एरेन्ज रहेको छ । राजकुमार केसीले छायांकन गरेको म्युजिक भिडियोलाई धुव्रराज पराजुलीले सम्पादन गरेका छन् । यो गीत चाम्स इन्टरटेगमेन्टले प्रस्तुत गरेको हो ।

For More videos Log on to Mazzako TV