निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायत टिजरमा प्रस्तुत छन् ।

निर्माता अर्जुन कुमारले निर्माण गरेका फिल्ममा प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायातका कलाकारको अभिनय छ । महँगो रकममा अष्ट्रेलिया राइट्स बिक्रि भैसकेको फिल्मको केही समय पहिले सार्वजनिक गीत चार आनाको मसलाले दर्शकबाट राम्रो प्रतिक्रिया बटुली रहेको छ ।

आकाश बरालको लेखन र संवाद रहेको फिल्ममा सुभाष भुषालरअर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ । अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्म चैत २८ देखि अलनेपाल रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV