अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । सविन र रेखालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलर एक्सन प्याक्ड छ । आशिष भेटवाल निर्देशित फिल्म बैशाख २६ गते प्रदर्शन हुनेछ ।

पहिलो पटक अभिनेता सरोज खनाल यस फिल्ममा खलपात्रको भूमिकामा देखिदैछन् । मदन कस्यप घिमिरेको छायांकन रहेको फिल्ममा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । ‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविनले फिल्म प्रदर्शनमा आउन ढिलाइ भए पनि प्रतिक्षाको फल मिठो हुने बताए । उनी फिल्म उत्कृष्ट बनेको दाबी गर्छन् ।

फिल्ममा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।

For More videos Log on to Mazzako TV