यस बर्षको प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको टिजर निकै दमदार छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई देखाइएकोे छ । चैत २८ गतेबाट प्रदर्शन हुने फिल्मका यसअघि सार्वजनिक ‘हात्ति ढुंगामा’ र ‘हर युग होस्’ मज्जाको प्रतिक्रिया पाईरहेको अबस्थामा टिजर सार्वजनिक गरिएको हो ।

फिल्ममा प्रदीप खड्का, नव–नायक मनिष राउत, नव–नायिका क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा फिल्म निर्माण गरिएको हो । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV