अभिनेत्री अदिती वुढाथोकीको यसपटकको नेपाल यात्रा फरक छ । अरु बेलामा पारिवारिक भेटघाटका लागि नेपाल आउने अदिती यसपटक भने सिनेमाको कामका लागि नेपाल आएकी छिन् । उनले, नयाँ सिनेमा वेन्जोमा काम गर्दैछिन् । यो सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

सिनेमामा उनको जोडीको रुपमा गायक नितेश जंग कुँवरले काम गर्दैछन् । नितेश गायन क्षेत्रमा अहिलेका चलेका गायक हुन् । अदितीले अहिले नितेशसँग वर्कशप गरिरहेकी छिन् । यो सिनेमाको शिर्ष भूमिकामा उनी नै रहेको बताइन्छ ।

अदितीले सिनेमा कृ पछि नेपाली फिल्ममा काम गरेकी छैनन् । उनी, केही बर्षको अन्तरालपछि दोश्रो सिनेमाको काममा व्यस्त हुँदैछिन् । मुम्बइमा रहेर उनी मोडलिङमा व्यस्त छिन् ।

For More videos Log on to Mazzako TV