अभिनेत्री वर्षा सिवाकोटीले आफूलाई बिहेको लागि कुनै हतार नभएको बताएकी छिन् । अभिनेत्री प्रियंका कार्कीको बिहेमा सहभागी भएकी वर्षाले आफूलाई कहिलेकाही अरु कलाकारको बिहेमा सहभागी हुँदा बिहे गर्न मन लागेको पनि तर्क गरिन् ।

तर, बिहेका लागि अहिले हतार नभएको उनको तर्क छ । कहिले बिहे गर्नुहुन्छ त भन्ने प्रश्नमा वर्षाले सबै कलाकारको बिहे भैसकेपछि गर्ने बताइन् । अरुले पनि यसै भने भने के गर्ने भन्दा वर्षाले केही पनि बताइनन् । वर्षाको प्रेमको खबर मिडियामा आइरहेका हुन्छन् ।

तर, उनले बिहेका लागि भने आफूलाई हतार नभएको तर्क गरेसँगै तत्काल उनी बिहे गर्ने मुडमा नरहेको वुझ्न सकिन्छ । वरु, वर्षा अहिले सिनेमाको काममा व्यस्त छिन् । उनको हातमा ४ वटा सिनेमा पाइपलाइनमा नै छन् ।

For More videos Log on to Mazzako TV