सिनेमा म यस्तो गीत गाउँछु २ फागुणको ३० गतेबाट रिलिज हुँदैछ । यो सिनेमाको प्रचार गर्नका लागि अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा दर्शकसम्म पुगिरहेका छन् । प्रत्यक्ष दर्शकसँग जोडिदा सिनेमालाई फाइदा हुने देखेरै होला, उनीहरु दर्शकसम्म नै पुगेका छन् । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले ३ दिनमा ३ वटा कार्यक्रममा सहभागीता जनाए ।

बिहिबार एउटा कलेजको कार्यक्रममा उनीहरु विद्यार्थीमाझ पुगेर सिनेमाको प्रचार गरेका थिए । शुक्रबार यो जोडी कार्यक्रमका लागि सुर्खेत पुगेको थियो । सुर्खेतमा आयोजना भएको महोत्सवमा हजारौ दर्शकमाझ उनीहरुले सिनेमाको प्रचार गरेका थिए । शनिबार बेलुकी राजधानीको सोल्टी होटलमा आयोजना भएको एउटा कार्यक्रममा उनीहरु विद्यार्थीमाझ नै पुगे ।

एउटा कलेजले आयोजना गरेको कार्यक्रममा उनीहरु सयौ विद्यार्थीको माझमा पुगे । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको यो सिनेमाले सांगीतिक लभ स्टोरी कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV