गायिका मेलिना राई र गायक समिर सिंगकको आवजमा ‘पल्केर’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा डिपि खनालको शब्द रहेको छ । गीतमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन् । भिडियोमा किरण एलिशासँग पल्किएको देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् ।

केन्द्र लिम्बुले निर्माण गरेको भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV