सिनेमा ए मेरो हजुर ४ को छायांकन सुरु भएको छ । यो सिनेमाको छायांकन काठमाण्डौबाट सुरु गरिएको हो । तर, सिनेमाको छायांकन आज राजधानीमा गरेर यसको टिम पोखरा लाग्नेछ । भोलीबाट करिब १० दिन पोखरामा सिनेमा खिचिनेछ । सिनेमा ए मेरो हजुर ४ मा अभिनेता अनमोल केसी, सलोन बस्नेत र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् ।

सिनेमा ए मेरो हजुर ४ लाई झरना थापाले निर्देशन गर्दैछिन् । आजैबिहान कार्यविनायक मन्दिरमा सिनेमाको शुभसाइत गरियो । सुनिल कुमार थापाले निर्माण गर्ने सिनेमालाई काठमाण्डौ, ललितपुर, पोखरा, यूरोप र ओमानमा खिचिनेछ । सिनेमालाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा यसको निर्माण टिमले गरिसकेको छ । प्रेमकथामा यो सिनेमा बन्न लागेको हो ।

For More videos Log on to Mazzako TV