अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की वैवाहिक जीवनमा बाँधिएका छन् । अभिनेत्री कार्कीले नै आफूहरु वैद्य रुपमा नै एक भएको लेखेकी छिन् । उनले मिस्टर एण्ड मिस भनेर पनि लेखेकी छिन् । उनको यो लेखाइसँगै उनीहरु वैवाहिक जीवनमा बाधिएको प्रष्ट हुन्छ ।

हुनत, प्रियंका र आयुष्मानको बिहे समारोह केही दिनदेखि चलिरहेको छ । मेहेन्दी, संगीत, सुपारी समारोह आयोजना भैसकेका छन् । बिहेको मुख्य कार्यक्रम भने आज र भोली आयोजना गरिएको छ ।

विगत केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाले केही हप्ता अगाडि मात्र बिहे गर्ने निर्णय गरेका थिए । योसँगै दुइले ब्याचलर पार्टी पनि मनाएका थिए ।

For More videos Log on to Mazzako TV