सिनेमा आमा हलमा चलिरहेको छ । सिनेमा हेरेर कलाकार, व्यवसायी लगायतले खुलेरै प्रशंसा गरिरहेका छन् । सिनेमाको समिक्षा पनि उत्कृष्ट आइरहेको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापाको साथमा सिनेमा पारस हेरेका छन् । राजधानीको कुमारी हलमा सिनेमा हेर्न पुगेका पल, पूजा र सुदर्शन भावूक भए । अभिनेत्री पूजा शर्माले हात जोडेरै सबैलाई सिनेमा हेर्नका लागि आग्रह गरिन् ।

आमा जस्तो सिनेमा हरेक समय नबन्ने भन्दै उनले आफूलाई सिनेमाले छोएको बताइन् । सिनेमा हेरेपछि अभिनेता पल शाहले पनि तारिफ गरे । उनले, आमा हेर्नका लागि सबैलाई आग्रह गरे । निर्देशक सुदर्शन थापाले जो कोही निर्देशकले यो सिनेमा बनाउन नसक्ने भन्दै निर्देशक दीपेन्द्र के खनालको कामको तारिफ गरे ।

उनले, आमा सिनेमा उत्कृष्ट बनेको बताए । शर्मिला पाण्डेको निर्माणमा बनेको यो सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त लगायतको अभिनय छ । दीपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशनमा यो सिनेमा बनेको छ ।

For More videos Log on to Mazzako TV