अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग सोमबार इन्गेजमेन्ट गरिन् । सोमबार आयोजना भएको इन्गेजमेन्ट समारोहमा आँचल र उदिपका आफन्त र केही साथी मात्र उपस्थित थिए ।

दुइले औठी साट्दै बिहेको मिति पनि घोषणा गरे । यी दुइको बिहे फागुणको २९ गते हुँदैछ । आँचल र उदिप बिगत डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए । इन्गेजमेन्टपछि आँचलले आफूलाई केही डर लागेको र आँखा रसाएको पनि बताइन् । तर, दुबै जना उत्साहित पनि देखिएका छन् ।

For More videos Log on to Mazzako TV