अभिनेता पल शाहले आफ्नो जन्मदिन मनाएका छन् । फागुणको १० गते जन्मिएका पल शाहको जन्मदिनबाट नै सिनेमा म यस्तो गीत गाउँछु २ को टिमले प्रचारको औपचारिक सुरुवात गरेको छ । निर्देशक सुदर्शन थापाले अब हरेक दिन सिनेमाको कुनै न कुनै कार्यक्रममा कलाकार सहभागी हुने बताएका छन् ।

अभिनेता पल शाहले आफ्नो जन्मदिनमा अभिनेत्री पूजा शर्माको बिषयमा बोलेका छन् । उनले, पूजा आफ्नो मिल्ने साथी भएको पनि बताए । पलले पूजाले आफूले कमजोरी गर्दा पनि सिकाउने गरेको सुनाए । यसैले, पूजा आफ्नो बेष्ट ब्रेन्ड र उत्कृष्ट सहकर्मी कलाकार भएको पनि बताएका छन् ।

अभिनेत्री पूजा शर्माले पनि पलको मिहिनेतको प्रशंसा गरिन् । फिल्म म यस्तो गीत गाउँछु २ ले नयाँ इतिहास रच्ने विश्वास पूजा र पलको छ । फागुणको ३० गतेबाट यो सिनेमा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV