द भ्वाइस अफ नेपालबाट धेरैको मन जित्न सफल गायिका सुरेखा क्षेत्रीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सुन ए चरी’ बोलको गीत सुरेखा क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । समिर अचार्यको शब्द, दिप्केश बोर्गाेहाइको संगीत रहेको गीतमा सुरेखाले स्वर दिएकी हुन् । बिध्युत बिकाशको गीतमा ट्युन रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका सुरेखासंगै गुन्जन भारद्धाजको अभिनय देख्न सकिन्छ । भने निमा बसुमतारी पनि भिडियोमा देखिएकी छिन् । भिडियोमा आसामी परिबेशलाई मज्जाले प्रस्तुत गरिएको छ ।
सचिन बोरुवाको निर्देशन रहेको भिडियोले आसामी जनजिबनसंगै मिठो लभ स्टोरी प्रस्तुत गरेको छ । पृथ्वीराज दत्तले खिचेको भिडियोलाई मानश काश्यपले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV