शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ ले रिलिजको दोश्रो दिन नै २ करोड ४७ लाखको व्यापार गरेको छ । धुर्मुस सन्तलीले निर्माण गरेको फिल्मले पहिलो दिनमा १ करोड १२ लाख कमाएको थियो । भने दाश्रो दिनमा १ करोड ३५ लाख कलेक्सन गर्न सफल भएको हो ।

शुक्रबार र शनिबार निर्माण पक्ष काठमाडौंको विभिन्न हलमा पुगेको थियो । जहाँ दर्शकको उपस्थिती बाक्लो देखिन्थ्यो । चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन् ।

फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यो घोषणाका कारण पनि फिल्मले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको अनुमान गरिएको छ । ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापार ‘सेन्टी भाइरस’ ले धेरै हदसम्म चलायनमान बनाएको छ ।

धुर्मुस–सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’ सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV