फिल्म ’पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ भएको छ । सुन्दर पन्तको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रेम परियार र सबनम आचार्यले स्वर दिएका हुन् । राजबहादुर सानेको निर्देशनमा निर्माण भएका फिल्मको छायांकन दाङ र काठमाण्डौमा भएको हो ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज विक कार्यकारी निर्माता रहेका छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा बनेको हो ।

फिल्ममा प्रेम परियार, समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बीसी लगायतका कलाकारको अभिनय रहनेछ ।

कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको फिल्ममा वसन्त सापकोटा, एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको संगीत रहने छ ।

For More videos Log on to Mazzako TV