फिल्म ‘प्रेम पूजा’ निर्माण हुने भएको छ । शिवरात्रीको अवसरमा फिल्मको फस्र्टलुक पोस्टर रिलीज गर्दै फिल्म निर्माण घोषणा गरिएको हो । फिल्मका मुख्य अभिनेताको मुहारलाई देखाइएता पनि चिन्न सकिदैन् । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन ।

निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेतालाई फिल्मको औपचारिक घोषणा कार्यक्रममा मात्र चिनाउने तयारी रहेको निर्देशक सापकोटाले बताए । लभ स्टोरी जनरामा निर्माण गरिने फिल्म आगामी विजया दशमीमा रिलीज गरिने बताइएको छ ।

फिल्म काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ । ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.ले निर्माण गर्ने फिल्ममा कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ । अमरदीप सापकोटाले यसअघि ‘कारखाना’ फिल्म निर्माण गरेका थिए ।

For More videos Log on to Mazzako TV