बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को शिर्षगीत सार्वजनिक भएको छ । केही समयअघि ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले शुक्रबार ‘हर युग होस’ बोलको गीत सार्वजनिक गरेको हो ।
एलिश कार्कीको संगीत र राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा निकै लोभलाग्दा दृष्यहरु समाबेश गरिएको छ ।

भिडियोमा फिल्मका प्रमुख अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री क्रिस्टिना गुरुङ प्रस्तुत छन् । भिडियोमा प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ । गीतको भिडियोलाई निकै मज्जाको बनाइएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह–निर्माता रहेको फिल्मका निर्माता सन्तोष सेन हुन् । फिल्ममा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत लगायतको पनि फिल्ममा अभिनय रहेको छ । फिल्म चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV