आजबाट रिलिज भएको सिनेमा आमालाई दर्शकले साथ दिएका छन् । आज बिहानैदेखि यो सिनेमा हेर्न विशेषगरि, राजधानीका मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप छ । राजधानीका क्यूएफएक्स, एफक्यूब, बीग मुभिज, बीएसआर लगायतका हलमा दर्शकको चाप उच्च छ । सिनेमामा दर्शकको चाप मात्र होइन, दर्शकको वर्ड अफ माउथ सबैभन्दा बलियो छ ।

सिनेमा हेर्नका लागि आमाहरु सन्तानको साथमा पुगेका छन् । सिनेमा हेर्न हलमा पुगेका अधिकांश दर्शक रुदै हल बाहिर निस्किएको देख्न सकिन्छ । उनीहरुले, यत्तीको सिनेमा यसअघि नहेरेको प्रतिक्रिया दिएका छन् । सिनेमा हेर्न अधिकांश नयाँ दर्शक हलमा छन्, जो प्राय नेपाली सिनेमा हेर्न हलसम्म पुगेका छैनन् । निर्देशक दीपेन्द्र के खनालले आफूलाई अर्को सिनेमाका लागि दबाब सिर्जना भैसकेको बताए ।

अभिनेत्री सुरक्षा पन्तले आगामी फिल्ममा दर्शकको चाहना आफूले पुरा गर्न सक्छु या सक्दिन भनेर अहिले नै दबाब भएको बताइन् । निर्मात्री शर्मिला पाण्डेले दर्शकको साथ पाउँदा सिनेमा निर्माण गरेको सार्थकता भएको बताइन् ।

For More videos Log on to Mazzako TV