फिल्म परदेशी २ को शुभसाइत गरिएको छ । यो सिनेमाको आज बिहान पूजा गर्दै शुभसाइत गरिएको हो । सिनेमाको छायांकन करिब २ महिना चल्नेछ । सिनेमा परदेशी २ मा गायक प्रकाश सपुतको साथमा अभिनेत्री वर्षा सिवाकोटी र केकी अधिकारीको मुख्य भूमिका छ ।

साथमा, सिनेमामा गायक प्रशान्त तामाङको विशेष भूमिका रहनेछ । यो सिनेमा परदेशीको सिरिज हो । परदेशी सिनेमामा गायक तामाङको मुख्य भूमिका थियो । गायक प्रकाश सपुतले सिनेमा परदेशी २ लाई आफूले मनदेखि काम गर्ने बताएका छन् ।

उनले, आफूमा उत्साह र डर दुबै भएको पनि बताएका छन् । सिनेमा परदेशी २ लाई अर्को बर्षको दशैंमा रिलिज गर्ने तयारी यसको निर्माताको छ ।

For More videos Log on to Mazzako TV