अभिनेता दयाहाङ राइले अभिनय गर्न लागेको नयाँ सिनेमा २ नम्बरीको छायांकन सुरु भैसक्नुपर्ने हो । तर, यो सिनेमाको छायांकन अब चैत्र लागेपछि मात्र सुरु हुनेछ । किनकी, अभिनेता पल शाह अब सिनेमा म यस्तो गीत गाउँछु २ को प्रचारमा व्यस्त हुनुपर्नेछ ।

यसैले पनि माघको अन्तिम साताबाट सुरु हुने भनिएको सिनेमाको छायांकन सुरु हुन सकेको छैन । यसोगर्दा, अब दयालाई अर्को सिनेमा के घर के डेराका लागि समय मिलाउन हम्मेहम्मे छ । दया यो सिनेमापछि फेरि अर्को एक सिनेमामा काम गर्दैछन् । उनलाई अभिनेत्री रेखा थापाको सिनेमाका लागि पनि समय दिनुछ ।

तर, एउटा सिनेमाको छायांकन सुरु नहुँदा अरु सिनेमालाई पनि समय मिलाउन समस्या पर्छ । दयालाई अहिले यही समस्या देखिएको छ । दया सिनेमा लगालग साइन गरिरहेका छन् । तर, एउटाको सेड्यूल विग्रदा अरुमा समस्या पर्न थालेको छ ।

For More videos Log on to Mazzako TV