शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा आमाको निर्माणटिमले नयाँ घोषणा गरेको छ । यो सिनेमा हेर्न कुनै सन्तानले आफ्नी आमालाई लिएर हलसम्म आउँदा निशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरिएको छ ।

काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्माणपक्षले बताएको छ ।

आमासँग एक दिन भन्ने भाव बोकेर यो सिनेमाको प्रचार भैरहेको छ । आमा सिनेमाको बुकिङ पनि सुखद देखिएको छ । दिपेन्द्र के खनाल निर्देशित यो सिनेमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सिनेमामा मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका छ । भोलीदेखि रिलिज हुने यो सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV