यहि शुक्रबार तर्थात फागुन ९ गतेबाट रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’ को स्याड गीत रिलिज गरिएको छ । हर्क साउदको शब्द, सुशान्त गौतमको स्वर र संगीत रहेको ‘एनी लै’ बोलको लिरिकल गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतले फिल्मका कलाकारहरुकोे पिडा बोल्छ । रामबाबु गुरुङले निर्देशित फिल्मले देशको राजनीतिक विकृतिको कथा प्रस्तुत गरेको छ ।

फिल्ममा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरे लगायतको अभिनय छ ।

फिल्मको व्यापारको नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध इन्टरनेशनल क्रिकेट मैदानको लागि खर्च गरिनेछ । कुमार कट्टेल र दीपक आचार्यले सिनेमाको कथा लेखेका हुन् ।

For More videos Log on to Mazzako TV