शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा आमाको बुकिङ खुलेको छ । देशभरका मल्टिप्लेक्सले यो सिनेमाको बुकिङ खोलेसँगै दर्शकको चाहनामा यो सिनेमा पर्ने देखिएको छ । क्यूएफएक्स चेनले यो सिनेमालाई देशभर २३ शोज दिएको छ ।

तर, सिभिल मल, छाया सेन्टर र लाबिम मलमा शोजहरु भरिन थालेका छन् । निर्देशक दीपेन्द्र के खनालले मल्टिप्लेक्समा अपेक्षित शोज नपाएपनि दर्शकको माया भने पाउने विश्वास व्यक्त गरेका छन् । सिनेमा आमामा मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य भूमिका छ ।
शर्मिला पाण्डेले यो सिनेमाको निर्माण गरेकी हुन् । भोली बिहिबार सिनेमाको बुकिङको वास्तविक आँकलन अझ थाहा हुनेछ ।

For More videos Log on to Mazzako TV