यतिबेला महानायक राजेश हमाल सिनेमाको कामले भन्दा पनि उनका बिभिन्न कार्यक्रममा बोलेका कुराहरु, मेला महोत्सव र भ्रमणका कुराहरुले नै चर्चा पाईरहेको हुन्छ । सिनेमामा उनले काम नगरेको पनि तीन चार बर्ष भईसक्यो । यसबीच उनलाई केही सिनेमाका अफरहरु पनि नआएका होईनन् तर उनले बिभिन्न कारणहरुले गर्दा सिनेमामा काम गर्न सकेनन् ।

This image has an empty alt attribute; its file name is Rajesh-Hamal-PIc-111.jpg

बेला बेला राजेशले सिनेमा निर्देशन गर्ने चर्चाहरु भने चलिई नै रहेको हुन्छ सिने नगरीमा । तर हमालको सिनेमा कहिलेबाट शुरु हुन्छ भन्ने चाही पक्का छैन् । यसबीच उनले फेसबुकमा टपलेश फोटो सेयर गर्दै युग देखि युगसम्म २ भनेर लेखेका छन् । हुन् तर राजेशले युगदेखि युगसम्म चलचित्रबाट नै धमाकेदार इन्ट्री मारेका थिए नेपाली सिने नगरीमा त्यसपछि फेरि उनले धेरै बर्ष पछि द युग देखि युग सम्म नामको अर्को सिनेमामा पनि काम गरे ।

तर युग देखि युगसम्म २ नामको सिनेमा भने बनेको हामीलाई थाहा छैन् । हमालले युगदेखि युगसम्म २ भनेर फेसबुकमा फोटो सहित तस्विर पोष्ट्याउदा कतै हमालले युगदेखि युगसम्म २ नामको सिनेमा निर्देशन गर्न त लागेका होईनन् भनेर गाईगाई गुईगुई सुनिन थालेको छ ।

नेपालमा सिक्वेलको क्रेज चलिईरहेको अवस्थामा राजेश हमालले पनि हिट नामको नै सापटी लिएर सिनेमा बनाउन लागेका त होईनन् भन्ने चर्चा चल्न थालेको छ । तर राजेश आफैले भने यो बिषयमा केही बोलेका छैनन् ।

For More videos Log on to Mazzako TV