फिल्म निर्मात्री शर्मिला पाण्डेका अनुसार, उनी सिनेमा आमा निर्माण गर्दा सबैभन्दा खुशी छिन् । यसअघि केही सिनेमा बनाएपनि उनलाई आमाले पूर्ण सन्तुष्टी दिएको छ । सिनेमा लभ लभ लभ आफ्नै छोराका लागि बनाएर निर्मात्री बनेकी शर्मिलाले यसपछि चंगाचेट, घर जस्ता सिनेमामा पनि लगानी गरिसकेकी छिन् ।

तर, आफूलाई आमा फिल्मकी निर्मात्री भनेर चिनाउँदा आफू सबैभन्दा बढी खुशी हुने उनले बताइन् । शर्मिलाले आफू सिनेमा क्षेत्रमा सधै काम गरिरहने पनि बताएकी छिन् । फागुण ९ गतेबाट रिलिज हुन लागेको सिनेमा आमाले आफूलाई नयाँ परिचय दिने उनको तर्क छ ।

सिनेमाको कथावस्तु राम्रो रहेको भन्दै एक आमा भएको नाताले पनि आफूले यो सिनेमाको मर्म वुझ्ने शर्मिला बताउँछिन् । सिनेमा आमाको व्यापार भन्दा पनि यसको कथामा लगानी गर्न पाउँदा आफू बढी खुशी भएको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV