निर्देशक दीपेन्द्र के खनालले फागुण ९ गतेबाट रिलिज हुन लागेको फिल्म आमालाई लिएर आफू गम्भिर भएको बताएका छन् । मिडियासँग कुराकानी गर्दै दीपेन्द्रले आफूले आमा नामको मर्म वुझेको बताए । फिल्म आमालाई नेपालको पहिलो फिल्म मानिन्छ ।

यसैले पनि यो नाममा सिनेमा बनाउँदा आफूले धेरै पटक सोचेको उनले बताए । दीपेन्द्रले सिनेमाको ट्रेलरबाट दर्शकमा सिनेमाप्रति बढेको क्रेजले आफूलाई वेचैन बनाएको पनि बताए । तर, यसले गर्दा आफूले सिनेमासँग धेरै कुराहरु खेल्न पाएको दीपेन्द्रले बताएका छन् । सिनेमा आमाले समाजको एउटा अध्यारो पाटोको कथा भन्ने उनको तर्क छ ।

सिनेमालाई उनले आमाको कथा भन्दा पनि आमाहरुको कथा भनेका छन् । शर्मिला पाण्डेको लगानीमा बनेको सिनेमा आमालाई लिएर दर्शकमा आशा बढेको छ । यो सिनेमा चलेपछि समाजमा परिवर्तन ल्याउने दीपेन्द्रले बताएका छन् ।

For More videos Log on to Mazzako TV