सिनेमा मारुनी अब लण्डनमा प्रदर्शन हुने भएको छ । फ्रेवुअरी २३ तारिखमा यो सिनेमाको लण्डन प्रदर्शन गर्न लागिएको हो । सिनेमाको विशेष शोमा सहभागी हुन निर्मात्री पूनम गौतम र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डन पुग्नेछन् । उनीहरु २१ फ्रेवुअरीमा लण्डन जान लागेका हुन् ।

सिनेमाको अष्ट्रेलिया, जापान लगायतका देशमा शो भैसकेको छ । २३ फ्रेवुअरीमा अल्डरसटस्थित एम्पायर हलमा यो सिनेमाको शो हुन लागेको हो । एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काका अनुसार, सिनेमा हेर्नका लागि १० बर्ष तलका बालबालिक र ६० बर्ष माथिका वृद्धाहरुलाई निशुल्क व्यवस्था गरिएको छ ।

यस्तै, यो सिनेमाको अर्को शो लण्डनमा नै आयोजना हुनेछ । रेड कार्पेट शोमा साम्राज्ञी र पूनमसँगै अभिनेता पुष्प खड्का पनि सहभागी हुनेछन् । नवल नेपालले यो सिनेमाको निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV