फिल्म ‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ । निकेश खड्का निर्देशित फिल्मको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अष्ट्रेलियन डलर अर्थात १९ लाख १८ हजार नेपाली रकममा खरिद गरेको हो ।

चैत २८ गतेबाट प्रदर्शनमा आउँने फिल्मको सोमवार बाबा कन्सल्टेन्सीले निर्माता अर्जुन कुमारसँग कागजी सम्झौता गरेको छ । फिल्मको केही दिनअघि सार्वजनिक भएको ‘चार आनाको मसला’ बोलको गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।

For More videos Log on to Mazzako TV