अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’ को फस्टलूक सार्वजनिक गर्दै प्रदर्शन मिति तय भएको छ । निमेष प्रधान निर्देशित लभस्टोरी फिल्म आउँदो वर्षको जेठ २ गते रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा पूजा र आकाशको जोडीलाई रोमान्टिक अबतारमा प्रस्तुत गरिएको छ ।

प्रेमकथामा आधारित फिल्ममा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको कथा र पटकथा निर्देशक प्रधानकै हो । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV